उमाकान्त पाण्डे/यूएई, असोज ४ – मध्यपुर्वका खाडीमुलुकहरुमा खटिएका नेपाली नियोग प्रमुखहरु यती बेला यूएईमा भेला भएका छन । प्रधानमन्त्री शुशिल कोइराला तथा पररास्ट्र मन्त्री महेन्द्र पाण्डेको उपस्थितीमा यूएईमा आज शनिबार हुन लागेको ‘राजदुतहरुको भेलामा’ नेपालबाट पररास्ट्र विदहरु समेत आएको नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । भेला यूएईका लागि नेपाली राजदुत धनन्जय झाको निवास आबुधाबीमा बिहान ११ बजे देखी साझ ५ बजे सम्म हुन लागेको हो ।
मध्यपुर्वका खाडी मुलुक यूएई सँगै साउदी अरब , कतार , कुवेत तथा बहराइन र ओमनका लागि खटिएका राजदुत तथा नियोग प्रमुखहरु समेत यस् भेलाका लागि यूएई आइसक्नु भएको छ । यधपी त्यस देशका लागि खटिएका राजदुतको पधावदी सक्किएको र नयाँ राजदुत नियुत्ती नभएको अवस्थामा कार्यबाहक राजदुतको रुपमा खाडीका सबै दुतावास बाट प्रतिनिधि आएका छन ।
भेलामा सयुत्त अरब एमिरेट्स यूएई सँगै अन्य खाडी मुलुकमा घरेलु महिला कामदारको रुपमा जान नपाउने सरकारी निर्णय माथि दोहोरो बहस हुने जनाइको छ ।
खाडी मुलुकमा नेपालीहरुले भोगीरहेका समस्या र समाधानको बाटो बारे छलफल गरिने छ । छलफलमा हाल खाडी मुलुकमा ‘घरेलु महिला कामदारको रुपमा आउन बन्द गरिएको बिषयले प्राथमिकता पाउने छ । ‘हाउसमेड’ आउन बन्द होइन ब्यबस्थित गर्न राजदुतहरुले सुझाउने र त्यस बारे नेपाल सरकारको तर्फबाट गरिनु पर्ने तयारीका बिषयमा छलफल हुनेछ ।
राजदुतहरु सँग प्रधानमन्त्रीको टोलीले अन्तर्कृया गर्ने र निर्देशात्मक निर्णय गरेर कार्यबाहक राजदुतहरुलाई जिम्मेवारी सुम्पिने योजना रहेको दुतावास स्रोतको भनाइ छ । भेलामा पररास्ट्र मन्त्री सहित प्रधानमन्त्रीका पररास्ट्र सल्लाहाकार दिनेश चन्द्र भट्टराई , म्रिदौला कोइराला , तथा डा. कर्बीनाथ योगी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यूएईका लागि नेपाली राजदुत निवास आबुधाबीमा हुन लागेको ‘खाडीका राजदुतहरुको भेला तथा अन्तर्कृयात्मक कार्यक्रम लग्गतै रात्रीभोज रहने र त्यस रात्रीभोजका लागि यूएईमा रहेका तीन नेपाली राजनितिक दल काग्रेस , एमाले र एमावोवादीका प्रमुख तथा नेपाली समाज यूएई र एनआरएन यूएई लाई समेत उपस्थितीको लागि निम्ताइएको छ । साथै अन्य केही दलका भात्रीसस्थाहरुलाई पनि रात्रीभोजमा बोलाइएको तर महत्वपूर्ण मानिएको अन्तरकृयात्मक कार्यक्रममा आफुहारुलाई नबोलाइएको भन्दै रुस्ट बनेका छन ।
यहाँ रहेका राजनितिक दलका भात्री सस्थाहरु काग्रेस निकट नेपाली जनसंपर्क समिति , एमालेको प्रवासी मन्च , एमाओवादीको जनप्रगती शिल मन्च र गैर आवसिय नेपाली सघं एनआरएन यूएई र एनआरएन आइसीसी मध्यपुर्व समितिले संम्युत्त ज्ञापन पत्र बुझाउने तयारि समेत गरेको छ ।
राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री सुशील कोइराला न्युयोर्क जानुअघी शुक्रबार राती यूएईको आबुधाबी आउनु भएको र शनिबार आयोजना गरिएको राजदुतहरुको भेलालाई सम्बोधन गरेर आइतबार दिउस मात्र न्युयोर्क जाने कार्यतालिका रहेको नेपाली जनसम्पर्क समिति यूएईका सभापती चित्र केसीले जानकारी दिनुभयो ।