बाबु रोका मगर दिल्ली, हरियाणा
एक आपासमा फुटेर होइन जुटेर मात्र त्यो काममा सफलता मिल्छ भन्ने कुरा बिगत लामो समय देखी नेपाल भारतको छुट्टा-छुट्टै जिप तथा बस ब्यबसायीहरुले सन्चालन गर्दै आएको ट्रावल्सहरु उदाहरणिय बनेका छन | कुनै समयमा uसुपा देउराली बाट न्यू सुपा देउराली टूर एण्ड ट्रावल्स को स्थापना गरेका रबी शाहले २१ सेप्टेम्बर २०१४ कि दिन बैठक बसी गूड्गाव मा रहेको श्री कृष्ण टूर एण्ड ट्रावल्स लाई एकिकरण गरी ति दुबै ट्रावल्स को नाम न्यू सुपा देउराली टूर एण्ड ट्रावल्स को नाममा अबदेखी आगामी दिनहरुमा पूर्णरुपले सन्चालन गर्ने जानकारी दिनुभएको छ |
सुपा देउराली र न्यू सुपा देउराली मिलेको भन्ने कुरामा रबी शाहा भन्नु हुन्छ यो सबै कुरा झुट हो | किनकी न्यू सुपा देउराली स्थापनाकाल देखीनै एक्लै चल्दै आएको थियो अहिले चली रहेको छ र आगामी दिनहरुमा पनि निरन्तर चलिनै रहने छ | यसै बिच फेरी भन्नु भयो रबी शाहा लाई बदनाम गर्ने यहाँका कयौ मित्रहरुले मेरो पिठ पछाडि कुरा काट्ने मात्र गर्नु भएको छ | तर म उँहाहरुलाई च्यालेन्ज गर्छु यदी रबी शाहा साँचैनै गलत हो भने मेरो सामुने आएर सबुतको साथ भन्न सक्नु हुन्छ भने म यो रबी शाहा भन्ने नाम दुनियाँ बाट नै हटाइ दिन्छु भन्नु भयो | मैले खास गरी नेपाली दाजुभाइ हरुको लागि यो ट्रावल्सको स्थापना गरेको हुँं यो भन्दा पहिले सुपा देउराली मात्र थियो त्यतिबेला उनिहरुले दादागिरीपन देखाउदथे मलाई त्यो व्यबहार मन परेको थिएन कती सवारीहरु दुखी हुनुहुन्थ्यो त्यो समयमा |
ट्रावल्स एकिकरण भएपछी हामीलाई अज बढी हौसाला मिलेको छ इन्डियाको अफिस बिष्णु केसी ज्यूले सम्हाल्नु हुनेछ भने म नेपालको अफिस सम्हाल्ने छु अब देखी कुनै पनि यात्रीहरुले पहिलेको जस्तो दु:ख भोग्नु नपर्ने जिकिर जाहेर गर्नु भयो र अहिलेको नयाँ समिती गठनको नमावाली पनि सार्वजनिक गर्नु भएको छ |
संस्थापक – रबी शाहा + 91 9812660888
महासचिव – बिष्णु केसी 9810178720
सचिव – राजु + 91 9847454067
कोषाध्यक्ष – बाबु र कैलाश + 91 8130294625, 8800322095
सल्लाहाकार- केशब थापा + 91 9847360291
सन्दिप – +91 9806953660
शम्शेर शिङ
कार्यलय प्रमुख- कमल बिक +91 9654445380
अन्तमा हाम्रो संस्था न्यू सुपा देउराली टूर एण्ड ट्रावल्सको तर्फ देखी अाइ रहेको बिजया दशमी र शुभ देपावली को पावन अबसरमा सम्पूर्ण स्वदेश तथा बिदेशमा बस्नुहुने नेपाली बुवाआमा दाजुभाइ तथा दिदीबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |