विश्व दर्शन यात्री द्दोय नारायण,नवराज भट्टराई जन्मभूमी नेपाल फर्कदै

बाबु रोका मगर दिल्ली, हरियाणा
चिनौ आफूलाई बुझौ आ-आफ्ना राष्ट्रलाई र जगाअौ विश्वलाई भन्ने नाराका साथ शान्ती, स्वतन्त्रता, मानवता एवं विश्वबन्धुत्वको भावना अभीबृदि गर्ने उद्देश्यसहित सुरु गरिएको विश्व दर्शन अभियान अन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै २२ जुलाई २०१३ देखी २२ जुलाई २०१४  सम्म १ बर्षभित्र भारतका २८ राज्य,३ केन्द्र शासित प्रदेश, भुटान र म्यानमार यात्रा गरेर नेपाली भाषा, सँस्कृती,साहित्य एवं रहनसहनका विषयमा तयार पारीएको भारत,भुटान र म्यानमारमा नेपालीहरुको अवस्था: संक्षिप्त अनुभव र भारत र भारतीयहरु को बिषयमा हिन्दी भाषामा तयार पारीएको बेग्लई प्रतिवेदन द्दोय नारायण,नवराज भट्टराई ज्यूहरुले भारतको दिल्लीमा सर्वजनिक गर्नु भएको थियो | 
प्रेस स्वतन्त्रता एवं सकारात्मक पत्रकारिता नाराका साथ दुई बर्ष सम्म नेपालका पचहत्तरै जिल्लाको भ्रमण सम्पन्न गरी साथै तत्कालिन ५८ वटै नगरपालिका र ९९७ गाबिस का धार्मिक, एेतिहासिक तथा पर्यटकिय स्थलहरुको भ्रमण गरी नेपालको जनजीवनवारे नेपाल भ्रमणका ७३० दिन नामक ५०८ पृष्‍ठको पुस्तक र सबै जिल्लावारे तयार पारीएको ९८ मिनेटको डकुमेन्ट्री नेपाल दर्शन ले उत्पादन गरेको जानकारी द्दोय यात्री तथा युवा पत्रकार नारायण,नवराज भट्टराई ज्यूहरुले दिनु भएको छ |
भ्रमण यात्राको क्रममा बिभिन्न किसिमका दु:ख आलोचना खेप्दै आफ्नो राष्ट्र र राष्ट्रियताको पहिचान गराउदै हिंडेका क्रममा तिता मिठा घटना सुनाउने क्रममा भारत स्थित गोलाघाट जिल्लाका एक नेपाली दाजुले असम गोर्खा सम्मेलनको जिल्ला अधिवेशनका संयोजकलाई फोन गरेर सापेखाटी पठाउनुभयो | त्यहाँ नेपाली गीत, संगीत, सँस्कृतीका झाँकी राम्रो सँग देख्न पाउदा खुशी भएको थियो | पछी संयोजकले यहाँ तपाईंहरुलाई नेपालबाट आएको भनेर चिनाउदा हामीलाई अप्ठेरो हुन्छ’ त्यसैले दार्जिलिङबाट विश्व दर्शनमा हिंड्नु भएको गोर्खाली भनेर कार्यक्रममा सम्बर्द्दना गर्छौ; हुन्छ ? भनेर सोध्नुभयो | कस्तो गलत प्रस्ताव राख्नु भयो उँहाले हामी त छाँगाबाट खसेझै भयौ | तत्काल इन्कार गर्दै भन्यौ – हामी गलत परिचय दिएर सम्मान चाहदैनौ, किनकी हामी नेपालका नागरिक हौ | आफ्नी आमा र जन्भूमी जतिसुकै गरिब, दुखी र रोगी भएतापनी हामीलाई त स्वर्गभन्दा पनि महान र प्रिय लाग्छिन | हाम्रो त नेपाल कै लागि मर्ने र बाँच्ने कसम छ | यस्तै आदी इत्यादी भारतीय नेपाली लगायत मुल भारतियहरुले पनि नेपाल र नेपालीहरुप्रती अली नकरात्मक बिचार र भावना देखाउने बुझिन्छ भन्दै दुख्न पोख्नु भयो |           
नेपाल,भुटान, म्यानमार र भारतको सफल भ्रमण पछी को अबको योजना भारत दर्शन पुस्तक प्रकाशन र डकुमेन्ट्री उत्पादन गर्ने | त्यसपछी सर्वजनिकीकरण गरेर दक्षिण एसियाली मुलुक अन्तर्गत वंगलादेश, श्रीलंका र माल्दिभ्स हुँदै अन्य मुलुकहरुमा भ्रमण तयारी रहेको बताउनु भयो |  
यात्राको क्रममा विभिन्न वाधा अड्चनाहरु अाइरहन्छन त्यो स्वभाविक हो| र पनि भारत भ्रमण सुखद पलमा बितेको बताउनु हुन्छ द्दोय यात्री | आम नेपाली जातीको सहयोग, सद्भभाव र बिभिन्न संघसंस्थाहरुले गरेको मायाले भारत भ्रमण सुखद रहेको अनी दुई महिनाको दिल्ली बसाइमा धारापानी,अर्घाखाँची नेपालका समाजसेवी बाबुराम बन्जाडे जि बाट बिशेष महत्वपूर्ण सहयोग पाएको मा उँहाप्रती हार्दिक धन्यवाद आभार ब्यक्त गर्नु भयो |      
द्दोय यात्री तथा युवा पत्रकारहरु सेप्टेम्बर २१,२२ र २३, गते सम्म लखनउ मा हुने मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको सातौ राष्ट्रिय सम्मेलनको कार्यक्रममा उपस्थित भई नेपाल फर्कदै हुनुहुन्छ भने उँहाहरुलाई नेपाल सम्म सकुशल छोड्नको निम्ती अर्घाखाँची का समाजसेवी बाबुराम बन्जाडे साथमा हुनुहुन्छ | उँहाहरुलाई बिदाइको शुभकामना दिनको निम्ती नेपाल आवाजका प्रतिनिधि गोबिन्द पोख्रेल र अर्घाखाँची टाइमस का प्रतिनिधि बाबु रोका मगर को उपस्थिती रहेको थियो |