दशै मनाउन घर आउँदै गरेका एक युवकको बसको छतबाट खसेर मृत्‍यु

कूल तामाङ
सिन्धुपाल्चोक । दशै मनाउन घर आउँदै गरेका एक युवकको बसको छतबाट खसेर ज्यान गएको छ ।
लामोसाँघु जिरी सडक खण्ड अन्तर्गत सिन्धुपाल्चोकको ठूलो पाखर नजिक बसको छतबाट खसेर दोलखा लामाबगरका १७ वर्षका हिमलाल तामाङको ज्यान गएको हो ।
बा २ ख ५७८१ नम्बरको अरनिको सेवा समितिको बस छतमा बसेका उनको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डीएसपी दीपकराज खरेलले जानकारी दिए ।
चाडबाडका बेला सिट नपाएपछि यात्रुहरु छतमा जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन ।

अन्य समाचारहरु