कञ्चनपुर, आश्विन १२ । दशैको दिन कञ्चनपुरमा मदिराको कारोबार बन्द हुने भएको छ । स्थानीय प्रशासनले मदिराका कारण अप्रिय घटना हुन सक्ने भन्दै टीकाको दिन २४ घण्टा मदिराको कारोबार बन्द गराउने निर्णय गरेको हो ।
होटल व्यवसायी संघ र कञ्चनपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले टीकाको दिन मदिरा कारोबार बन्द गर्ने निर्णय कार्यान्वयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
स्थानीय प्रशासनले दशै र तिहारमा अवैध मदिरा कारोबार रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिएको छ । निर्णय विपरित मदिरा बिक्री गरे उनीहरुलाई हुने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए । IMAGEKHABAR