बडादसैँको उपलक्ष्यमा गोरखा दरबारबाट विशेष विधिपूर्वक भव्यताका साथ यस वर्षको फूलपातीको डोली काठमाडौँस्थित हनुमानढोका पठाइएको छ।
गोरखा दरबार र सतिपिपलमा रहेको फूलपाती चौतारोबाट विधिपूर्वक तयार गरिएको फूलपातीको डोली डोलेले ठूलो आँगनबाट गाडीमा राखेर हनुमानढोका पठाएका दरबार हेरचाह अड्डाका प्रमुख नानीबाबु पोखरेलले जानकारी दिए।
देशमा गणतन्त्र स्थापना भएपछि गोरखा दरबारको फूलपाती मोटरसाइकलमा राखेर हनुमानढोका लगिँदै आएको भए पनि गोरखा पर्यटन विकास केन्द्रको सहयोगमा यस वर्षदेखि भव्यताका साथ फूलपाती काठमाडौँ पठाउन थालिएको प्रमुख पोखरेलको भनाइ छ।
दरबारदेखि ठूलो आँगनसम्म