नेपाली राजदूतावासद्वारा ओमानमा शुभ-कामना आदान-प्रदान कार्यक्रम

मस्कट,ओमान
दशै तिहार, छठ, ईद तथा नेपाल सम्बत् जस्ता बिविध उत्सव तथा पर्वहरुको अवसरमा नेपाली राजदूतावास ओमानको आयोजनामा गत शनिवार मस्कटको अलमासा हलमा ओमानबासी नेपालीहरू तथा संघ संस्थाहरुबीच शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली राजदूतावास ओमानका सहचारी देवदुत ढकालको सन्चालनमा अघि बढेको सो समारोहलाई सम्बोधन गर्दै हालै मात्र नियुक्ति भै ओमान आइपुग्नु भएका कार्यबाहक राजदूत कृष्ण कुमार सुबेदीले भन्नु भयो नेपाली दूतावासले शुभ-कामना आदान प्रदान गर्ने योजना बमोजिम हामी सबैलाई सजिलो हुने र ओमान सरकारको विदाको दिनलाई पनि उपयोग हुनेगरी हामीले शुक्रवार नै आयोजना गर्न लागिएको तर अलमासा हलको ब्यस्तताको कारणले शुक्रवार सम्भव नभएको हुनाले शनिवार आयोजना गर्नु परेको र हामीले सोचे जति यहाँहरुको उपस्थिति गराउन नसके पनि तपाईहरु आफ्नो कामको समय कटाएर आज जेजति उपस्थिति भएको छ त्यो नै हाम्रो उपलब्धि र सिंगो कार्यक्रमको सफलता हो भन्दै यहाँहरु कै प्रयासमा दूतावास यहाँहरुको माझ स्थापना भै यहाँ सम्म आइपुगेको हुनाले आगामी दिनमा यहाँहरुको सुविधा अनुसारको दिनमा नै कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु । र सरकारी आर्थिक तथ्यांक आनुसार सरकारको करीब पचास प्रतिशत रकम आम्दानी बैदेशिक रोजगार अर्थात रेमिट्यान्सबाट उठ्ने गरेको र तपाईहरुले खाडीको यो मरुभूमिमा खर्चिनु भएको श्रम र पसिनाबाट नै सरकार र सिंगो राज्य चलेको र दूतावास पनि सोही सरकारको एउटा प्रतिनिधि भएको हुनाले हामी पनि तपाईहरुबाट नै चलेको र दूतावासका सम्पूर्ण काम कारवाहीहरु ओमानमा रहेका दाजूभाई तथा दिदीबहिनीहरुमा केन्द्रित छ भन्ने कुरा प्रष्ट्याउनु भयो । हामी कर्मचारी भनेको सरकारको एउटा भकुन्डो हो र यहाँहरुले यो नसोच्नु होला कि हामी सरकारले दिएको तलब र बैदेशिक भत्ता मात्र पचाएर फर्किन्छौ तर हामी दिन र रात तपाईहरु कै लागि समर्पित हुनेछौ र हरबखत हरक्षण हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । काम गर्दै जाने क्रममा त्यसमा चित्त नबुझ्न सक्छ तर हामी पनि भर्खर हिडन शुरु गरेको र यहाँहरुले नै खनेको र डोरयाएको बाटोमा अघि बढने क्रममा हिडन नजान्न सक्छ त्यसैले बिना कुनै संकोच हामीलाई सुझाव सल्लाह दिनु भयो भने लामो समयसम्म तपाईहरु माझ दूतावास टिक्न सक्ने बताउनु भयो । 
पूर्व का वा राजदूत झबिन्द्र अर्यालको स्वदेश प्रस्थान पश्चात् पनि आफ्ना जिम्मेवारी सम्हाल्दै आउनु भएका सहचारी देवदूत ढकाल जी पनि चाडै नै स्वदेश जाने हुने भएको हुनाले उहाहरुको उज्जवल भविष्य र आगामी दिनहरुमा उत्तोरोत्तर प्रगतिको कामना गर्नु भयो र उहाको स्थानमा श्री लाल बहादुर अर्याल ज्यू नियुक्ति भएर आइसक्नु भएको जानकारी पनि गराउनु भयो । साथै कुटनीतिक पदाधिकारीको अलाबा यहाँहरु माझ भैरहेको काम कारवाहीको निरिक्षण गर्न श्रम सम्बन्धी बिज्ञ भवनाथ खतिवडा जीलाई पनि श्रम सहचारीको रूपमा श्रम मन्त्रालयले नियुक्ति गरेको जानकारी गराउनु भयो । 
सो अवसरमा गैर आवासीय नेपाली संघ ओमानका डी बी क्षेत्री, नेपाली समाज ओमानका लीलानाथ कोइराला, ओमान नेपाली एकता समाजका शिबलाल गिरी, प्रवासी नेपाली मन्च ओमानका गगन कार्की, जनप्रगतिशील मन्च ओमानका सरोज लामा, बुद्ध भिजन ओमानका ओमकार तामाङ्, तामाङ् समाज ओमानका राम तामाङ्ग, महिला समूह ओमानका पार्वती श्रेष्ठ लगाएत संघसंस्थाका प्रतिनिधिहरुले शुभ-कामना मन्तब्य राखेका थिए भने