पटका पड्काएको अभियोगमा प्रहरीले गिरफ्तार गर्न खोजेपछि मोरङमा एक किशोरीले आत्महत्या गरिन्

मोरङ । पटका पड्काएको अभियोगमा प्रहरीले गिरफ्तार गर्न खोजेपछि मोरङ इन्द्रपुर गाविसको खोर्सानेमा एक किशोरीले आत्महत्या गरेकी छन् ।
बन्दुक बोकेका प्रहरीले पक्रन खोज्दा घरभित्र लुकेकी कक्षा १० मा पढ्ने किशोरी अञ्जना कार्कीले मंगलबार राति आफ्नै घरमा भुण्डिएर आत्महत्या गरेकी हुन् ।
मृतकका आफन्तले दिएको जानकारीअनुसार मंगलबार साँझ अञ्जनाले खोर्साने चोकमा वालवालिकासँग मिलेर पटका पड्काएकी थिइन् । झिरझिर गरेर पड्कनेखालको पटका हातैमा पड्कन लाग्दा अञ्जनाले आत्तिएर फालेपछि स्थानीय मनु तामाङको त्रिपालमा लागेको थियो ।

अन्य समाचारहरु