भक्तपुरमा नमूना एकीकृत कृषि कार्यक्रम योजना सार्वजनिक

भक्तपुर । १२ कात्तिक- करिव ५०० रोपनी क्षेत्रफलमा शुरु गर्न लागिएको नमूना एकीकृत कृषि कार्यक्रमको योजनामा जिल्ला कृषि विकास कार्यालय भक्तपुरका प्रमूख पूर्ण ढुङ्गानाले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । जिल्ला कृषि विकास कार्यालय भक्तपुरले दधिकोटको स्वर्णभूमि मिश्रित कृषक समूहबाट प्रबद्र्धित कृषि फार्ममा अनुगमन तथा निरीक्षण भ्रमण पश्चात आयोजना गरेको कार्यक्रममा सो प्रतिबद्धता जनाउनुभएको हो । 
समूहका सचिव कृष्णकाजी मानन्धरले एकीकृत कृषि कार्यक्रम योजना सम्बन्धिको कार्यतालिका पेश गर्नुभएको थियो ।