यूएई दुतावासमा एमआरपी राहदानीका लागि आवेदन दिने बढे

– उमाकान्त पाण्डे /युएई, कार्तिक १९ – मेसिन रिडेबल पास्पोर्ट (एमआरपी) बनाउन भन्दै यूएई दुतावास आउनेको सख्या ह्वात्तै बढेको छ । सन २०१५ नोभेम्बर २४ सम्म एमआरपी अनिबार्य बनाउनु पर्ने भए पनि यसै बर्षको नोभेम्बर अन्तिम साता सम्म हुनु पर्ने भन्ने धेरै नेपाली भ्रममा परेर आउने गरेकाले राहदानी आवेदन दिन आउने नेपालीको सख्या एकै पटक बढेको हो । 
यूएईमा कार्यरत साँढे चारलाख नेपाली मध्ये दैनिक दुईसय बढी नेपाली एमआरपी राहदानीका लागि आवेदन दिन आउने गरेको दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनु भयो । उहाका अनुसार नोभेम्बर महिना सुरु भएपछि दैनिक आवेदकको सख्या बढेर तीन सय बढी हुन लागेको छ । उहाले भन्नुभयो ‘क्रमिक रुपमा यो सख्या बढ्छ’। 
Displaying MRP KO vid.jpg
यूएईमा रहेका सबै नेपालीको हातमा नयाँ राहदानी पुर्याउन आगामी मे महिना सम्म सबैलाई अनिबार्य आवेदन दिई सक्न दुतावासले अनुरोध समेत गरेको छ । आगामी जनवरीपछि हस्त लिखित राहदानीमा श्रम अनुमती नपाईन सक्ने भएकोले जती सक्दो छिट्टो आवेदन दिन दुतावासले आग्रह गरेको हो । 
पास्पोर्टका लागि आवेदन दिनेहरुको भिड बढेपछि दुतावासका कर्मचारीलाई भ्याइ नभ्याइ छ । भएका कर्मचारी मध्ये आफ्नो कार्यकाल सक्काएर  श्रम सहचारी हिरा पौडेल नेपाल फर्किएको र उहाको स्थानमा हिरा यादब आउने भनिए पनि हाल:सम्म उहा नआएकोले बाकिरहेका कर्मचारीमा कामको भार थपिएको छ । 
थोरै कर्मचारी भएकाले एमआरपीका लागि आवेदन दिन आउनेको बड्दो चापलाई सरलिकरण गर्न यहाँ रहेका संघसस्थाका प्रतिनिधि स्वयमसेवक बनेर सहयोग गरिरहेका छन । ‘अत्याबश्यक सेवाका लागि हरेक महिनाको पहिलो शुक्रबार सार्वजनिक बिदाको दिन समेत दुतावास सन्चालन गरेर सेवा दिदै आएका छौ ,’म दुतावासमा रहदा सम्म यो सेवा सन्चालन गरिरहन्छु’ यूएईका लागि नेपाली राजदुत धन्यन्जय झाले भन्नुभयो ।   
नयाँ पास्पोर्टका लागि आवेदन दिन आउनेहरुको सख्या बढे सँगै दुतावासमा भिड बढेर दुतावासनै अस्तब्यस्त देखिन थालेको छ । आवेदन दिन दुतावास आउनेको सख्या बढेपछि दुतावासको आगन ढोका, दुतावास भवन भित्रको सिढीसम्ममा अब्यबस्थित रुपमा सेवाग्रहीको कस्साकस्सी भिडले  जाम लागेको हुन्छ ।
Displaying abyabasthit line.JPG
 
भिड बढे सगै यूएई दुतावास परिसरमा फोहोर र दुर्घन्ध बढेको छ । आगन ,सिढी ,र प्रवेश द्वार सम्म फोहोर तथा सौचालय भित्रका सामान कामनगर्ने तरिकाले फुट्टालिएको अवस्थामा छन । 
बैदेशिक रोजगारीका लागि सम्युत्त अरब एमिरेट्स यूएईमा कार्यरत नेपालीहरुले दुतावास मार्फत नयाँ एमआरपी राहदानीका लागि आवेदन दिएको कम्तिमा ३ महिना सम्म पर्खिनु पर्ने हुन्छ । यधपी एमआरपीका लागि आवेदन दिएको ६ महिना देखी १४ महिना सम्म राहदानी नपाउनेहरु पनि धेरै छन ।