काठमाडौं, कार्तिक २२ । यस साता शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आयो । गत साता झिनो अंकले घटेको नेप्से यस साता १६ अंक बढीले घट्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलब ३८ अंकले घटेर अन्तिम दिन ९ सय ४ दशमलब ९२ अंकमा आइपुग्यो । यस साता उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से उच्च अंकले घटेको हो ।
यस साता बीमा समूह सबैभन्दा उच्च १ सय ३२ अंक बराबरले घट्यो । यस साता नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीको एक अर्ब आठ करोड रुपैयाँ बराबरका २४ लाख कित्ता सेयरहरु खरिद