नेपाल पत्रकार महासंघ कतारको अध्यक्षमा बन्जाडे, अर्घाखाँची डटकमका भुवन केसी पनि चयन

दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाको पाँचौ साधारण सभा गत नोभेम्वर ७ मा सम्पन्न भएको छ । कतारको दोहामा मौजुदा कार्यसमितिका अध्यक्ष रवि भटट रोषीको अध्यक्षता उक्त सभा सम्पन्न भएको हो ।

 



 

नेपालबाट पाल्नुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव इन्द्रमान उजिर मगरको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा नेपालबाट पाल्नुभएका प्रवासी पत्रकार सञ्जालका सचिव दामोदार नेपाल, पत्रकार महासंघका केन्द्रीय सदस्य रोहित दाहाल, कतारमा रहनुभएका कतारस्थित नेपाली राजदुतावासका कार्यवहाक राजदुत गणेशप्रसाद ढकाल लगायत दोहाका क्रियाशिलसंघसस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थिति थियो ।नेपाल पत्रकार महासंघ कतार शाखा प्रवासहरुमा रहेका अन्य शाखाहरु भन्दा सक्रिय र प्रशंसनिय रहेको नेपालबाट पाल्नुभएका अतिथिहरुको राय थियो । संस्थालाई आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने व्यक्तित्वहरुलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो । 

 



 

कार्यक्रममा गत वर्ष कतारमा फुटबल प्रतियोगितामा पत्रकार महासंघ कतार शाखाले दोस्रो स्थान प्राप्त गर्दाको कप नेपाल पत्रकार महासंघ केन्द्रलाई हस्तान्तरण गरेको थियो । कतारको राजधानी दोहाको ग्रयाण्ड प्यालेस होटलमा भव्य र सभ्य रुपमा सम्पन्न उक्त सभाले गणेशप्रसाद बन्जाडेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ  प्रवासी पत्रकार सञ्जालका सचिव दामोदर नेपालको संयोजकत्वमा गठित कुमार कार्की र होम कार्की सम्मिलित तीन सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मत निर्विरोध निर्वाचित गर्न सफल सो नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दिपक पुडासैनी, सचिव मोहम्मद अजिज अलि, सह-सचिव नवराज विक, कोषाध्यक्ष घनश्याम पराजुली (कृष्ण) र सदस्यहरुमा करिम बक्स मिया, भुवन केसी, महेन्द्र प्रसाद पोखरेल र समिम मियाँ रहेका छन् ।

 



 

स्मरण रहोस अर्घाखाँची ढिकुरा टोडेयार घरभई हाल कतारमा रहनुभएका श्री भुवन के.सी. ज्यु विगत लामो समय देखिअर्घाखाँची सेवा समाज कतार नामक जिल्लास्तरिय सामाजिक सस्थामा आवद्ध भई सामाजिक क्षेत्रमा क्रियाशिल हुनुका साथै पत्रकारिताको क्षेत्रमा पनि लामो अनुभव सगालेका व्यक्तित्व हुनुन्छ । 

 



 

अर्घाखाँची डटकमका कतार प्रतिनिधि समेत रहनुभएका केसीलाई नेपाल पत्रकार महासंघ कतारको कार्यसमितिमा चयन हुनुभएकोमा सगौरव हार्दिक बधाईका साथ शुभकामना व्यक्त गर्दछौ ।