अर्घाखाँची कतारकोसाँस्कृतिक कार्यक्रम सम्पन्न, एम्वुलेन्स अभियानमा लाग्ने

घनश्याम पराजुलीको सहयोगमा भुवन के.सी. दोहाबाट

 

अर्घाखाँचीबाट कतारमा रहेका जिल्लाबाँसीहरुको साझा सस्था अर्घाखाँची सेवा समाज कतारद्धारा दोहा स्थित सालिमार प्यालेसमा आयोजित बिबिध साँस्कृतिक कार्यक्रम तथा मिलन समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

 


 

संस्थाका अध्यक्ष युवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई केदारनाथभुसाल, मोहन शाह र रमेश दर्नालले सन्चालन गर्नुभएको थियो । संस्थाका प्रथम उपाध्यक्ष भुवन केसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई व्यानर अनावरण, दिप प्रज्वलन , राष्ट्रिय गान र पन्चेबाजा बजाएर समुद्घाटन गरिएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघका उपाध्यक्ष टिबी कार्की , मध्यपूर्व उपसंयोजक पुर्ण केसी , आईसिसी सल्लाहकार नरेन्द्र भाट , आईसिसी सदस्य अमृत गुरुङ्ग र उमेश अधिकारी , अर्घाखाँची सेवा समाजकाप्रमुख सल्लाहकार क्रान्ती सिह , विषेश सल्लाहकार जितेन्द्र पाण्डे ,सल्लाहकार देवराज थापा , एनआरएनए कतारमा महासचिव बिनोद भट्टराई , नेपाली जनसम्पर्क समिती कतारका अध्यक्ष बिमल सुबेदी , प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुम , समाजसेवी सागर नेपाल , कमलमणी गुरागाई , समाजसेवी तथा बसन्त फिल्मसका ईश्वर काफ्ले , खस क्षेत्री समाजका अध्यक्ष हंसराज क्षेत्री, गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्का, पत्रकार महासंघ कतारका सचिव मोहम्मद अजिज अली , तमु समाजका महासचिव खुसी गुरुङ्ग ,महिला समाज कतारकी अध्यक्ष रेखा राई लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।संघसस्थाहरुको तर्फबाट मोरग सुनसरी सेवा समाजका अध्यक्ष टि एन बरालले मन्तव्य राख्नुभएको थियो । सो सस्थाका प्रथम उपाध्यक्ष भुवन के.सीले मन्तव्यको क्रममा २००६ मा स्थापना भएर आज सम्म आइपुग्दा विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहदै कतारको अलावा नेपालको राष्ट्रिय र जिल्लाको सामाजिक क्रियाकलापमा पनि सेवा समाजले सक्रियता देखाएका भन्दै गत वर्ष महाकाली प्रकोपबाट पिडित भएकाहरुलाई सस्थाले प्रदान गरेको सहयोगको स्मरण गर्नुभयो, सवैको सामुहिक प्रयासमा अर्घाखाँची जिल्लामा स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग पुराउने उद्देश्यले शुरु गरिएको एम्वुलेन्स सन्चालन अभियानको बारेमा प्रकाश पार्दे उक्त अभियानमा सघाउन सवैलाई अनुरोध गर्नुभएको थियो ।

 



उपस्थित अतिथीहरुले  सांगितीक कार्यक्रमको विच विचमा मन्तव्य राख्नुका साथै  एम्बुलेन्स सेवा सन्चालनका लागीसहयोग प्रदान गरिरहेका थिए । सो कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरुको प्रस्तुतीबारे उपस्थित अतिथीहरुले खुलेरै प्रशंशा गरे भने  दर्शकहरुले पनि भरपुर मनोरंजन लिएका देखिन्थे ।

 



 

प्रवासमा अर्घाखाँचीबाँसिहरु एक होऔँ , नेपाली समाजका लागी केही गरौँ भन्ने नाराका साथ कतारमा स्थापना भएको संस्थाले जिल्लामा एम्बुलेन्स सन्चालनमा ल्याउने भएको छ । सस्थाका प्रमुख सल्लाहकार एवं एम्वुलेन्स सन्चालन समितिका सदस्य सचिव समेत रहनुभएका एनआरएनए कतारका पूर्व महासचिव क्रान्ति सिंहले समग्र जिल्लाको परिचय, सस्थाको गतिविधि र एम्वुलेन्स सेवा सन्चालन गर्ने सम्वन्धमा बोल्नुभएको थियो । निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रममा कलाकारहरुको प्रस्तुतीबाट र उपस्थित दर्शकहरुले पनि  एम्बुलेन्स योजनालाई प्रशंसा गर्दे  सहयोग रकम प्रदान गरेका थिए ।

 



 

सोहि सांगीतीक कार्यक्रमका लागी कुबेतबाट अतिथी कलाकारको रुपमा आएका गायक बि.बि. मल्ल ठकुरीले