सप्तरी, मंसिर २० । सप्तरीको भारदह-हनुमाननगर सडकखन्डमा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
विराटनगरबाट राजविराज गइरहेको यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको जमुनी मधेपुराका विनोद दासको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा राजविराजका सौरभ अग्रवाल गम्भीर घाइते भएका छन् । घाइते अग्रवालको न्यूरो अस्पताल विराटनगर उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । Imagekhabar