शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, मंसिर २० । यस साता शेयर बजारमा सामान्य गिरावट आयो भने कारोबार परिमाणमा बृद्धि आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ अंकले घटेर अन्तिम दिन ८ सय ५३ मा थामियो ।
यस साता कारोबार भएका मध्ये अधिकांश समूहमा गिरावट आएसँगै साताको नेप्सेमा गिरावट आएको हो । यस साता जलविद्युत, विकास बैंक, वित्त, होटल र बीमा समूहमा गिरावट आयो भने  वाणिज्य बैंक, उत्पादनमुलक र टेलिकम सूचीकृत अन्य समूहमा सामान्य बृद्धि आयो ।
यस साता स्टक एक्सचेन्जमा १ सय ५७ कम्पनीहरुको कारोबार भयो । जसअनुसार ७९ करोड १७ लाख रुपैयाँ बराबरका २० लाख ३२ हजार कित्ता सेयरहरु खरिद