काठमाडौमा साथीको बिहेमा गईरहेकी युवतीलाई छुरा प्रहार गरी हत्या गर्ने अझै पक्राउ परेनन्

काठमाडौ, मंसिर २२ – काठमाडौमा साथीको बिहेमा गईरहेकी युवतीलाई छुरा प्रहार गरी हत्या गर्ने अझै पक्राउ परेका छैनन् । जनकपुर घर भएर मैतीदेवीमा होस्टल बस्दै आएकी २० वर्षीया ऋतु महासेठलाई शनिबार दिउसो छुरा हान्ने पक्राउ पर्न नसकेका हुन् ।
ritu
कान्तिपुर कलेजमा पढै आएकी उनलाई सडकमा एक युवकले अन्धाधुन्द छुरा हानेर फरार भएका थिए । घटनाको अनुसन्धान गरिरहेकेा महानगरीय प्रहरी अपराध महाशाखाले महासेठका साथीहरुलाई महाशाखा बोलाएर सोधपुछ गरिरहेको छ । होस्टल, क्याम्पस र फेसबुका साथीहरुलाई समेत डाकेर अनुसन्धान गरिरहेको छ । शनिबारको दिन युवती त्यहि बाटो, त्यहि समयमा आउने कुरा कसरी थाहा भएको लगायतका बिषयमा अनुसन्धान भईरहेको महाशाखाका एक अधिकारीले बताए । 
महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक पुस्कर कार्कीले घटनामा संलग्न युवकको खोजी भईरहेको बताए । महासेठसंग जोडिएका हरेक पक्षबारे गहन अध्ययन गरेर अनुसन्धान भईरहेको उनले बताए । 
– EKANTIPUR

अन्य समाचारहरु