सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा तीनजना पर्यटन ब्यवसायी नियुक्त गरेको छ । मंगलबार पर्यटन मन्त्रालयले पर्यटन व्यवसायीहरु मुक्तिराम पाण्डे, पवित्रकुमार कार्की र निमा नोरु शेर्पालाई नियुक्त गरेको हो ।
अर्घाखाँची जिल्लाको अर्घातोष गाबिस निवासी नवनियुक्त सदस्य मुक्तिराम पाण्डे सम्राट ट्राभल्सका सञ्चालक तथा नेपाल पर्यटन बोर्डका सदस्यसमेत हुन् ।
माओवादी सरकारको पालामा नियुक्त तीन सदस्यलाई हटाएर पर्यटन तथा नागरिक उड्ययनमन्त्री दीपकचन्द्र अमात्यले नयाँ सदस्य नियुक्त गरेका हुन् ।
सञ्चालक समितिको सात सदस्यीय कार्य समितिबाट माओवादी सरकारको पालामा नियुक्त तीनजनालाई हटाएर नयाँ सदस्य नियुक्त गरिएको हो ।
पर्यटनमन्त्री अमात्यले पवित्रकुमार कार्की, निमानुरु शेर्पा र मुक्तिराम पाण्डेलाई नेवानि सञ्चालक समितिमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्य कार्की डाँफे ट्राभल्सका सञ्चालक हुन् । उनी एयर अरेयिबासँग पनि आवद्ध छन् ।
अर्का सदस्य शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व उपाध्यक्ष हुन् । उनी पर्यटन व्यवसायमा पनि संलग्न छन् । उनी छो