उमाकान्त पाण्डे/यूएई, मसिर २७ – संयुक्त अरब इमिरेट्स यूएईको आबुधाबीमा एक नेपाली युवाको शनिबार बिहान ज्यान गएको छ । रोजगारीका लागि १५ महिना अघि यूएई आएका मालिकार्जुन ८ भौतडी, दार्चुलाका दीपेन्द्र सिहं धामीको हृदयघातका कारण ज्यान गएको हो ।
शुक्रबार साझ साथीहरुसँगै खाना खाएर कम्पनीको मजदुर क्याम्पमा सुतेका धामीले विहान १ बजे असहज महसुस गर्दै आवाज निकालेकोले कोठामा सँगै सुतेका साथीहरुको सहयोगमा एम्बुलेन्सबाट अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गुमाएको धामी सँगै कार्यरत मकवानपुरका सचितानन्द बर्तौलाले जानकारी दिनुभयो ।
आबुधाबीमा रहेको मिडलईष्ट कम्पनीमा कार्यरत २८ बर्षिय धामी आबुधाबीको मिडिया सेण्टरमा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।
११ महिनाअघिमात्रै उनका पिताको पनि निधन भएको थियो । कम्पनीमा करार अवधी पुरा नगरेकोले बाबुको किरिया गर्न नेपाल समेत जान नपाएका धामीको परिवारमा एक पत्नी, दुई छोरी, आमा र दुर्इजना भाइ छन । हाल उनको परिवार काठमाडौंमा छन् । धामीको शवलाई थप अध्ययन तथा पोष्टमार्टमका लागि आबुधाबी प्रहरीले अस्पतालमा राखेको छ ।
अन्लाईन र ब्लगरका गलत समाचारका कारण अर्घाखाँचीका दीपेन्द्रको घरमा रुवावासी
दार्चुलाका दीपेन्द्र सींह धामीको शनिबार बिहान आबुधाबीमा ज्यान गयो । एका बिहानै उनको निधन बारे सामाजिक सन्जालमा श्रदाभाव सहितका पोस्टहरु भईरहेका थिए । नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टले मृतकको फेसबूके तस्विर सहित आफ्नो अन्लाईन संस्करणमा काठमाण्डौ डेटलाइनमा समाचार प्रकाशन गर्यौ । दार्चुलाका धामीलाई अन्नपूर्ण पोस्टले अर्घाखाँचीको बनाइदियो । सोही समाचारका आधारमा हुन सक्छ धेरै अन्लाईनले आफ्नै तरिकाले समाचार लेखेको जस्तो गरे । मृतक दार्चुलाका धामीलाई कसैले बैतडीका,कसैले दाङ तथा धेरैले अर्घाखाँचीको बनाइदिए ।
अर्घाखाँची बाट यूएईमा आइ कार्यरत केही नेपालीले सामाजिक सन्जाल मार्फत आफ्नो जिल्लाको पूर्ण विवरण बेगरको ब्यात्तीको निधन प्रती श्रदान्जली दिएर सहानुभुती समेत ब्यत्त गरिरहेका थिए । अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मन्चका सम्योजक तथा अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्का समेतले त्यही सामाजिक सन्जाल मार्फत आफु कार्यरत देशमा आफ्नो गृह जिल्लाको युवाको ज्यान गएको खबरले मर्माहित बनाएको भन्दै श्रदाभाव पोस्ट गरेका थिए ।
उता सामाजिक सन्जाल,अन्लाईन एवम केही बल्गरमा प्रकाशित समाचारले अर्घाखाँची ठाडाका दीपेन्द्र शाही धामीको घरपरिवार भने शोकमा डुब्यौ । बुढेशकालकी आमा र उनको परिवार यूएईमा सेक्युरिटीमा काम गर्न गएको छोराको निधन भएको भन्ने अस्पस्ट खबरले मुर्छित भए ।
अर्घाखाँचीका केही संचारमाध्यमले अर्घाखाँची बाट यूएईमा रहि पत्रकारिता गर्नेहरुको लिस्टमा राखेर मलाई पत्र लेखे । पत्र अर्घाखाँची डट्कम् तथा अर्घाखाँची टाईम्स बाट आएको थियो । सोही पत्र मुताविक घटनाको बिषय खोज्दै जादा सबै समाचार हतारको पत्रकारिता रहेछ भन्ने पुस्टी हुँदै गयो । नेपाली दुतावास यूएईका लागि द्वितिय सचिव कृष्ण अर्याल मार्फत थप पुस्टीका लागि फोन सम्पर्क गरे । दुतावासमा अधिकारिक जानकारी नआएको उहाले बताउनु भयो । अर्घाखाँचीका दीपेन्द्र शाही धामीको परिवार बाट यूएईमा रहेका आफन्तजनहरुलाई फोन गरेर पुस्टाई दिन बारम्बार फोन गरिरहनु भएको थियो ।
समाचारको थप पुस्टाइका लागि खोज अभियान जारी थियो । दार्चुलाका जय राज जोशी सँग संपर्क भयो । उहाले अन्लाईन, ब्लग र सामाजिक सन्जालमा गलत खबर छाई रहेको बताउदै आफ्नो गाविस सँग जोडीएको साथीको निधन बारे बेली बिस्तार गर्नुभयो । खोज्दै जादा मृतक दीपेन्द्र धामी उज्यालोको दार्चुला स्थित शंकर धामीका बहिनी ज्वाँई हुनुहुदो रहेछ । आफ्नै बहिनी ज्वाई दीपेन्द्रको निधनले पिडामा रहेका शंकर धामी सगं संपर्क हुन सकेन । अन्तत हतारको पत्रकारिता गर्नेहरुले अर्घाखाँचीका दीपेन्द्रका घरमा रुवावासी चलाए ।
हतार नगरिदिन दुतावासको आग्रह
हतारमा ‘हताहती’ बारे समाचार सम्प्रेशण नगरिदिन यूएईका लागि नेपाली दुतावासले अनुरोध गरेको छ । ‘यूएईमा एक जनाको ज्यान गएको खबरले यहाँ कार्यरत साँढे चारलाख नेपालीको घर परिवार चिन्तामा हुन्छन , यथेस्ट विवरण नपुग्दै प्रकाशित/प्रशारित समाचारले धेरैलाई अन्यौल र भ्रममा पारेको हुन्छ’, त्यसर्थ समाचार सम्प्रेशणमा ध्यान पुराइदिनुहुन सबैमा अनुरोध गर्दछौ’ दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले भन्नुभयो । हतारमा गलत समाचार दिएर भन्दा बुद्दिमतापुर्वक समंयम भएर समाचार सम्प्रेशण गर्दा जनहित हुने उहाको भनाइ छ ।