ओमानमा एकता समाजको खेलकुद बिभाग समितिमा नयाँ नेत्रित्व

शालिकराम आचार्य – ओमान नेपाली एकता समाज खेलकूद बिभागको दोस्रो भेला गत शुक्रवार कुरुम गार्डेनमा सम्पन्न भएको छ । सो भेलाले पुरानो कार्य समितिलाई भंग गरी तुल्सीराम खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । नयाँ गठित समितिको अध्यक्षमा तुल्सी राम खनाल, सचिब छविलाल बस्नेत, सदस्यहरुमा लक्ष्मण हमाल, प्रकाश राना, रमेश थापा,बिष्णु अर्याल, करण राना, लोकेन्द्र सुनुवार र गुणाखर खनाल रहेका छन् । 
सो भेलामा अन्तराष्ट्रीय नेपाली एकता समाजका कोषध्यक्ष शोभाकान्त लामिछाने, ओमान नेपाली एकता समाजका अध्यक्ष शिबलाल गिरी लगायतका केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
पुरानो कार्य समितिको अधिकांश सदस्यहरु स्वदेश फर्किएको तथा आगामी दिनमा खेलकूद बिभागलाई अझ सशक्त ढंगले अघि बढाउनको निम्ति बिभागलाई पुनर्गठन गरिएको नवगठित समितिका अध्यक्ष तुल्सीराम खनालले बताएका छन् ।