उमाकान्त पाण्डे/यूएई,पुस ५ – चैतेदशैंको जिल्लाका रूपमा परिचित बागलुङ जिल्लाका विभिन्न गाबिसबाट यूएई आएका नेपाली युवाहरू चैतेदशैंमा भव्य सांगीतिक कार्यक्रम गर्ने तयारीमा जुटेका छन ।
बाग्लुङ गल्कोट भेगका विभिन्न १६ गाबिस मिलेर बनेको गल्कोट समाज यूएईले आगामी १३ मार्चमा चैतेदशैंमा बाग्लुङ र गल्कोट कोट मैदानमा हुने मेला विशेष सांगीतिक कार्यक्रमको झल्को मेटाउने गरि चैते दशैँ धमाका गर्ने भएको छ ।
कार्यक्रमलागी चर्चित लोकगायक बिष्णु खत्री र गायिका पूर्णकला बीसी आउने भएका छन् ।
कार्यक्रम आबूधाबीको मिनास्थित इन्डियन सोसियल सेन्टरमा हुने गल्कोट समाज यूएईका कार्यक्रम सयोजक महेन्द्र बम मल्लले जानकारी दिनु भयो ।