कतारमा प्रेस चौतारीको पहिलो अन्तर्राष्ट्रिय शाखाको स्थापना, भुवन पनि चयन

काठमाडौं । प्रेस चौतारी नेपालले कतारमा पहिलो अन्तर्राष्ट्रिय शाखा स्थापना गरेको छ ।
चौतारीको दोलखामा बसेको केन्द्रीय समिति बैठकले विदेशमा पनि शाखा खोल्ने निर्णय गर्दै सचिव गणेश पाण्डेलाई संयोजक तोकेको थियो।
प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालका अनुसार कतारमा नवराज विकको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ।
कार्यसमितिको उपाध्यक्ष मामणि राज पुन, सचिव दिलकुमार श्रेष्ठ, सहसचिव याम बीसी, कोषाध्यक्ष गणेश बराल, सदस्यहरुमा भूवन केसी, घनश्याम पराजुली, उत्तम भट्टराई, मोहम्मद फारुन, दिलराना भाट र अनिल मगर छन्।
स्मरणर होस भुवनकेसी विगत लामो समय देखि कतारमा बसेर नेपाली समुदाय र जिल्लाबाँसीहरुलाई सहयोग पुराउन सक्रिय एक युवा जो अर्घाखाँचीको ढिकुरा निवासी हुन  ।
स्रोतः कान्तिपुर