घनश्याम पराजुली (कृष्ण)
दोहा । नयाँ बर्ष २०१५ को अवसरमा अल एवल टेड्रिङ्ग एण्ड कन्ट्रयाक्टीङ् कम्पनीमा कार्यरत कामदारहरुको साझा संस्था एरोसले आफ्नो बार्षिकउत्सव तथा नयाँ बर्षको कार्यक्रम सम्पन्न गरेको छ ।
दोहा स्थित ईन्डियन कल्चर सेन्टर अशोका हलमा उत्कृष्ट कामदारलाई अवार्ड , वार्षिक कार्ययोजना साथै सांगीतीक कार्यक्रम सम्पन्न भएको हो । कम्पनीमा काम गर्ने ६ सय भन्दा बढी कामदारहरु मध्यबाट ६ जना उत्कृष्ट कामदार छनोट गरीएको थियो ।
कम्पनीमा भारत , नेपाल , श्रीलङ्का , बंगालादेश , ईजिप्ट , इथोपिया र फिलिपिन्सका कामदार कार्यरत छन । सबै देशका कामदारलाई पछी पार्दै २ जना नेपाली कामदारले २०१४ सालको सर्वोकृष्ट कामदारको अवार्ड हात पारेका छन । स्याङ्गजाका लोक बहादुर रानाभाट र तनहुँका मिमलाल थापाले अवार्ड पाएका हुन । उनीहरुलाईरु ८५