नेपालमा पहिलोपटक गाडी उत्पादन गर्दै आएको हुलास मोटर्स कम्पनी बन्द

विराटनगर, पौष २७ । नेपालमा पहिलोपटक गाडी उत्पादन गर्दै आएको हुलास मोटर्स कम्पनीले आफ्नो उत्पादन बन्द गरेको छ । विराटनगर १७ मा रहेको मोटर्स कम्पनीले आइतबार (आज)देखि औपचारिक रुपमा उत्पादन बन्द गरेको घोषण गरेको हो ।
हुलास मोटर्स प्रालिका प्रबन्ध सन्चालक सुरेन्द्र गोल्छाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी हुलास मु्स्ताङ भिटु र हुलास म्याक्स गाडीको उत्पादन बन्द गरिएको जानकारी दिए । उनले सरकारको नीतिका कारण मोटर्सको उत्पादन बन्द गर्न बाध्य भएको समेत बताए ।
२०५४ सालदेखि मोटर उत्पादन गर्दै आएको हुलासले