अर्घाखाँची सेवा समाज कतारको बैठक सम्पन्न

दोहा, कतार । कतार अर्घाखाँची सेवा समाज कतारका नियमित मासिक बैठक गतसाता सम्पन्न भएको छ । २६औ नियमित मासिक बैठक सस्थाका अध्यक्ष युवराज पाण्डेको अध्यक्षतमा दोहाको मुन्तजा पार्कमा भएको हो । 
कार्यसमिति पदाधिकारीहरुको उपस्थिति रहेको उक्त बैठकमा प्र्रथम उपाध्यक्ष भुवन के.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । सस्थाका गतिविधिहरु, सस्थागत सदस्यता र अधिवेशनका सन्दर्भमा छलफलका लागि राखिएका विषयहरुमा उपस्थित पदाधिकारीहरुले आफनो आफनो धारणा राख्नुभएको थियो । 
आगामी दुई वा तीन महिना भित्र सस्थाको अधिवेशन गरिने निर्णय भएतापनि मिति तोक्न भने सचिवालयलाई जिम्मा दिइएको छ । 
सस्थाको एम्वुलेन्स सेवा सन्चालन अभियान तीव्ररुपमा अघि बढिरहेका र थप प्रभावकारी भुमिकाको लागी जिल्लाबाँसी लगायत सवैसँग सस्थाले अनुरोध पनि गरेको कुरा सौ बैठकको सन्चालन गर्नुभएका महासचिव केदारनाथ भुसालले बैठक सन्चालनको क्रममा बताउनुभयो ।