काठमाडौं, माघ ९ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै विहीबार स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो । विहीबार सुन प्रतिदशग्राम ४६ हजार २ सय ९५ अर्थात् तोलाको ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलाको ५४ हजार ४ सयमा कारोबार भएको थियो ।
यसदिन चाँदीको भाउ भने तोलाको ७ सय ५५ मा स्थिर रह्यो । विहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ८६ डलर हाराहारीमा कारोबार भएको थियो । Imagekhabar