टायरगाडामा किचिएर विहीबार राति महोत्तरीको किसाननगरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा किसाननगर- ७ बस्ने ५५ वर्षीय कृष्णबहादुर डुम्रे रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
छोरीको विवाहका लागि छिमेकी जिल्लाको धनुषाको बडहरी बजारबाट सरसामान किनेर टायरगाडामा राखी घर आउने क्रममा टायरगाडाबाट खस्दा उनको सोही टायरगाडामा किचिएर मृत्यु भएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
डुम्रेको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ । रासस