ताप्लेजुङमा रोकिएको ट्र्याक्टर अचानक गुड्दा चालकको शनिबार मृत्यु भएको छ ।
निगरादिन-५ मा शनिबार राति ११:४० बजे सोही ट्र्याक्टरका चालक झापा धाइनज-६ का २३ वर्षीय लोकनाथ दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। ट्र्याक्टर रोकेर शौच गर्न लागेको बेला अचानक गुडेको सो ट्र्याक्टरको डालाले टाउकामा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
को२प १३०३ नंको सो ट्र्याक्टरले सङ्क्रान्तिबाट ताप्लेजुङको हाङ्पाङतर्फ सामान लग्दै गरेको थियो। रासस