उमाकान्त पाण्डे / दुबइ , माघ ११ – यूएई रत्तिम परिवारले नेपालको संघीयताको सास्कृतिक बिरोध गरेको छ । यूएईको दुबइमा शुक्रबार आयोजित रत्तिम साझ २०१५ को कार्यक्रम मार्फत नेपालमा ब्यबस्था गर्न लागेको संघीयताले देश लाई टुक्रा पार्ने भएकाले क्रान्तिमय चेतना स्वरुप आफुहरुले सास्कृतिक अभियान मार्फत संघीयताको बिरोध गरेको जनाए ।
कार्यक्रममा रत्तिम सामना परिवारका कलाकारले समेत आफ्नो प्रस्तुती देखाएका थिए । रत्तिम यूएई अभियान परिवार अध्यक्ष डम्मर भण्डारी , सालीक राम बन्जाडे , बिष्णु प्रशाद आचार्य , सुर्य केसी लगायत एक दर्जन बढी रत्तिमका कलाकारले आफ्ना प्रस्तुती दिएको संचार सम्योजक शिव राज जैशीले बताउनु भयो ।
देशलाई संघीयताका नाममा जातिय द्वन्दमा फसाएर चोक्टाउन खोजिएको कलाकारले आफ्नो प्रस्तुतीमा प्रस्तुत गरेका थिए । देशमा बढेको बेरोजगारीको सख्यालाई नजर अन्दाज गरी यो वा त्यो नाममा परदेशको खस्रो भित्तो खोसर्न लाखौं युवालाई बिदेश लखेटिएको कलाकारको प्रस्तुतिमा प्रदशित गरिएको थियो ।
कार्यक्रममा रत्तिमको बहुचर्चित गीती नाटक पूजा लाई कलाकारले प्रत्यक्ष प्रदशन गरेका थिए । गिती नाटक प्रदशन भई रहदा उपस्थित धेरै दर्शकका आँखा रसाएका थिए । कार्यक्रममा बोल्ने सबैले देशमा सक्दो छिट्टो सविधान बन्नुपर्ने माग राखेका थिए । देशमा सविधान नबन्दा बिदेशिएका लाखौं युवाको भबिश्य थप अन्धकार भएको उनिहरुको भनाइ थियो । “सके सहमती नभए प्रकृया मार्फत सविधान चाहियो , हामी सधैं डोरी लाहुरे भई बसिरहन चाहदैनौ” कार्यक्रमका प्रमुख अतिथी कृष्ण ढकालले भन्नुभयो ।
यूएई नेपाली एकता समाजले आयोजना गरेको सो कार्यक्रममा चार सय बढी दर्शकको उपस्थिती थियो । समाजका अध्यक्ष कृष्ण केसीको सभापतित्व , कृष्ण ढकालको प्रमुख आतिथ्यता , सस्थापक सदस्य कृष्ण भुसालको बिशेष आतिथ्यता , तथा यूएईमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधि उपस्थिती रहेको कार्यक्रमको सन्चालन डिला रेग्मी , धनसिह पुलामी मगर र पावेल शर्माले गर्नु भएको थियो । कार्यक्रममा भाग्यशाली उपहार चिट्ठा मार्फत एक तोला सुन रमेश प्युठानी , एक थान ल्यापटप हरी दर्लामी , ३२ ईन्चको टिभी हरी जिसी र दुई सेट सामसुम मोबाइल समेत प्रदान गरिएको थियो ।