अर्घाखाँची डट्कम् -ओमान नेपाली एकता समाज कुरुम एरिया समितिको दोश्रो बैठक समितिका अध्यक्ष नरीश्वर कंडेलको अध्यक्षतामा शुक्रवार कुरुम पार्कमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने तथा ओमान नेपाली एकता समाजका संस्थापक नारायण ज्ञवालीको बिशेष उपस्थितिमा सम्पन्न सो बैठकमा संगठनको आन्तरिक बिकाश, परिचालन तथा भावी कार्ययोजना बारे ब्यापक छलफल पश्चात् केहि महत्वपूर्ण निर्णयहरु समेत पारित गरिएको थियो ।
सोही अवसरमा ओमान नेपाली एकता समाजका संस्थापक अध्यक्ष नारायण ज्ञवाली ज्यूको करीब सात बर्षको अन्तरालपछि पुनः ओमान आगमन भएकोमा उहाँलाई हार्दिक स्वागत समेत गरिएको थियो ।