प्रवासी हातेमालो बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा दुबइमा सम्पन्न भएको छ । दुबइ स्थित एभरेस्ट इन्टरनेसनल होटलमा सम्पन्न साधारण सभामा यूएईमा रहेका अन्य सहकारीका पदाधिकारीको उपस्थिती थियो ।
सस्थाका अध्यक्ष राम कुमार चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा सस्थाको प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना सस्थाका सचिव सुत्रमनी राइले प्रस्तुत गरेका थिए । साथै सस्थाका लेखा सम्योजक खगेन्द्र प्रशाद चिमरियाले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा त्यस संस्थाका शेयर सदस्य प्रकाश वाग्ले कामबाट अवकाश लिई स्वदेश फर्कनलागेकोले संस्थामा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानपत्र मार्फत स-सम्मान बिदाइ गरिएको थियो ।
साथै नेपाल बाट हालै यूएई आएर सस्थामा आबद्द भएकी शर्मिला भट्टको स्वास्थ्य परिक्षण असफल भएपछी स्वदेश फर्कनु पर्ने भएकोले उनलाई संस्थाले अघुवाई गरि संकलन गरेको आर्थिक सहयोग २२ सय ६६ यूएई धिराम्स र नेपाली रुपयाँ २७ सय ५० हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम सस्थाका सचिव सुत्रमनी राइले सन्चालन गरेका थिए ।