भारतको राजधानी दिल्लीमा नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न

बाबु रोका मगर



दिल्ली । २६ जनवरी २०१५ को दिन सुपादेउराली टूर एण्ड ट्रावल्सको आयोजनामा गरिएको इण्डो नेपाल साँस्कृतिक मैत्री महोत्सव सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल बाट गायक-गायिका पुषकल शर्मा, सम्झना लामिछाने, बसन्त लम्साल, अनुराधा घर्ती,सुधा रत्न, महेन्द्र अनी धुर्ब राना को उपस्थिती रहेको थियो । कार्यक्रममा एक तर्फ रमाइलो भयो भने अर्को तर्फ दु:ख लाग्दो पनि भयो ।

 



 

आयोजक को तर्फ बाट कार्यक्रम राम्रो सँग प्रस्तुत गर्ने चाहाना हुँदा-हुँदै पनि खराब मौसमको कारणले गर्दा कार्यक्रम समयमा सुरु गर्न नसकेको र प्रवेश शुल्क सम्बन्धी, कार्यक्रम प्रवेश शुल्क प्रचार-प्रसार गर्दा प्रती ब्याक्ती १०० रुपैयाँ भनिएको तर उक्त दिन दर्शकहरु सँग प्रती ब्याक्ती रु २०० रुपैयाँ असुलेको हुनाले कार्यक्रम अब्यबस्थित भएको आरोप लगाउदै दर्शकहरु दुखी  भएका थिए | दिल्लीमा भारतीय अनी नेपाली पर्वमा प्राय साँस्कृतिक कार्यक्रम गर्ने गरिन्छ बिचार र उद्देश्य राम्रा भएता पनि जनहित र चेतना को लागि नभएर समग्रमा पैसा कमाउने कार्यक्रम भएको देखिन्छ जस्ले गर्दा एउटा विकृति नै बनेको छ । 

 



 

कार्यक्रमकै दौरानमा नेपाली दाजुभाइहरु आपासमा लडाईं झगडा गर्दै गर्दा उदघोषक गोबिन्द पोख्रेलले बारम्बार झगडा रोक्नको लागि अनुरोध गर्दा पनि नमाने पछी बाउन्सरहरुलाई लडाईं गर्नेहरुलाई पिटेर भगाईदेउ र झगडाको कारणले गर्दा गायक पुषकल शर्माले प्रस्तुती राम्रो दिन नसक्नु भएको भन्ने शब्दमा दर्शक हरुले नकरात्मक सोच लिएर स्टेजमा तोड्फोड  गर्न पछी हटेनन भने एक जना महिलाले हातमा चप्पल लिएर आयोजक प्रती आक्रोश पोख्दै गाली गर्दै स्टेजको तरफ चप्पल फ्याकेकी थिइन | झगडाले उग्ररुप लिन थाले पछी उदघोषक गोबिन्द पोख्रेलले आफुले गल्ती गरेको स्विकार गर्दै स्टेज देखिनै  सबै सँग माफि माग्नु भएको थियो | झगडा के कती कारणले भएको हो खुल्न आएको छैन । 



भारतमा सबैभन्दा बढी साँस्कृतिक कार्यक्रम हुने स्थान नै राजधानी दिल्ली हो यहाँ धेरै नेपाली साँस्कृतिक कार्यक्रमहरु भईनै रहन्छन कसैले प्रवेश शुल्क फ्री गर्दथे भने कसैले बढीमा १०० रुपैयाँ सम्म मात्र लिने गरेका थिए तर सुपादेउराली टूर एण्ड ट्रावल्सले यसरी आफ्नो फाईदाको लागि एकाएक नियम बिपरित कार्यक्रम गरेर आफ्नै नेपाली दाजुभाइ प्रती नकरात्मक छाप छोडेको र दिल्ली मा अहिले सम्मकै अब्यबस्थित र पैसा असुल्ने काम मात्र गरेको उपस्थित दर्शकहरुको आरोप छ । 

 



 

कार्यक्रममा नेपाल आवाज र शिवशक्ती रोड लाइनका लोकेश शाह र देवेन्द्र मालिया को  तर्फ बाट वृद्दहरुको लागि दश सर्ट-पायन्ट र दश साडी वितरण को लागी कौशल अधिकारी र तुल्शी ढकाल लाई हस्तान्तरण गर्नु भएको थियो  | उक्त कार्यक्रम को अध्यक्ष दिल खत्री हुनु भएको थियो भने उदघोषक गोबिन्द पोख्रेलले गर्नु भएको थियो | सो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नको निम्ती मिडियाको तर्फ बाट  अर्घाखाँची डट कमका दिल्ली, हरियाणा प्रमुख बाबु रोका मगर र सहयोगीहरु अर्जुन थापा, हरी रोका मगर र बिरु पुन मगर को उपस्थिती रहेको थियो।