उमाकान्त पाण्डे, यूएई (अलऐन), माघ २१ – ब्रेन क्यान्सरका कारण अस्पतालमा उपचारत एक नेपालीको यूएईमा ज्यान गएको छ । कामका लागि दुई बर्ष अघि आबुधाबीमा रहेको नेशनल कर्पोरेसन फर टुरिजम एन्ड होटलमा आएका सल्यान दर्मकोटका कमल चन्दको उपचारको क्रममा ज्यान गएको हो ।
रेडियोथेरापी पद्धती अनुसार टोमोथेरापी भैरहेको अवस्थामा पाच दिन पहिले उहालाई (आइसीयु) सघन उपचार कक्षमा सारीएको थियो । ‘आइसीयुमा लगिएको दुई दिन पछी गत सोमबार राती मृत्यु भएको अस्पतालमा भर्ना भए देखी चन्दको स्याहारसुसारमा खटिएका सोही कम्पनीमा कार्यरत चितवन मेघौलीका महेश गौतमले जानकारी दिनुभयो ।
यधपी नेपालीको ज्यान गएको बारे अधिकारिक जानकारी दुतावासलाई प्राप्त नभएको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले बताउनु भयो । रोजिरोटीका क्रममा नेपालीको मृत्यु बारे पुलिश रिपोर्ट सगै रोजगार दाता कम्पनीले दुतावासलाई जानकारी दिएपछी मात्र घटनाको पुस्टी गर्न सकिने दुतावासका द्वितिय सचिव कृष्ण अर्यालको भनाइ छ ।
दुई महिना पहिले स्वास्थ्य समस्या देखिएपछि चन्दलाई आबुधाबीमा रहेको अल नुर हस्पिटल लगिएको थियो । उपचार सम्भव नभएको भन्दै उहाँलाई आबुधाबीको खालिफा सिटी अस्पतालमा पछि पुराइएको थियो । खालिफा सिटी अस्पतालले ब्रेन क्यान्सरको पुष्टी गर्दै थप उपचारका लागि चन्दलाई क्यान्सर उपचारका लागि यूएईकै ठुलो र सुविधा सम्पन्न तवाम हस्पिटल अलऐनमा रिफर गरेको आधारमा उहा सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यौ ।
ब्रेन क्यान्सरका कारण मृत्यु सँग लडिरहेका उहाँको उपचारको लागी रोजगार दाता कम्पनी र कम्पनीसँग कामदारको बिमा सम्झौता गरेको कम्पनीले मिलेर सहयोग गरीरहेका थिए । कम्पनी राम्रै भएकोले कम्पनीले राम्रो अस्पताल मात्र पुराएको थिएन बिरामीलाई हेर्न एक जना नेपाली सुसारे समेत खटाएको थियो ।
दुईचार पैसा कमाएर परिवारलाई शुखी र खुशी बनाउने सपना बोकेर आबुधाबी आएका चन्दको कम्पनीको सहयोगमा उपचार भईरहे पनि कम्पनीको करार अनुसार दैनिक काम गर्न सक्ने अवस्था रहेन । दैनिक काम गर्न नसके पछी घर परिवारको गर्जो टार्न समस्या भएको भन्दै धेरथोर सहयोग जुटाएर परिवारलाई सहयोग गर्न उहालाई अस्पतालमा भेट्न पुगेका अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूएईका च्याप्टरका अध्यक्ष मोहराज शर्मा मार्फत चन्दले आग्रह गरेको समाचार अर्घाखाँची डट्कम् मा प्रकाशन भएपछि अनेकस युएईले सहयोग रकम जुटाउन अभियान चलाएको थियो । तीन हप्ताको अबधीमा करिब चालिस हजार नेपाली रुपैया सकलन गरिसकेको अवस्थामा चन्दको मृत्यु भयो । अनेकस यूएईले उसैको नेत्रित्वमा थप सहयोग जुटाएर चन्दको परिवारलाई सहयोग गर्ने तयारी गरेको छ ।
सोही अस्पतालमा अन्य दुई जना नेपाली पनि मृत्युसँग लडिरहेका छन् । एक नेपाली पुरुष फोक्सोको क्यान्सर र महिला घाँटीको क्यान्सरको उपचार गराइरहेका छन । उपचार गराइरहेका ती दुईको परिवारलाई जानकारी नगराइएकोले पूर्ण विवरण सार्वजनिक नगरिदिन उहाँहरुले आग्रह गरेकाले उहाहरुको पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।