हेटौँडामा मोटरसाइकल ठोकिँदा चालकको घटनास्थलमै मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा गए राति आफैँले चलाएको मोटरसाइकल ठोकिँदा चालक हेटौँडाका अग्निप्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वबाट पश्चिम जाँदै गरेको ग३४प १९ नम्बरको मोटरसाइकल मोहली पुलमा ठोकिँदा मोटरसाइकल चालक हेटौँडा नगरपालिका-५ का ४५ वर्षीय सापकोटाको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका दीपेन्द्र थापा गम्भीर घाइते भएका छन्। 
घाइतेको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस

अन्य समाचारहरु