आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार व्यक्ति महोत्तरीमा पक्राउ

आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले आज बिहान पक्राउ गरेको छ। 
 
पक्राउ पर्नेमा जिल्लाको ईटहर्वाकट्टी गाविस-७ बस्ने फूलबाबु ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 
 
घरजग्गासम्बन्धी घरायसी विवाद हुँदा २०६८ असोज २२ गतेका दिन ठाकुरले आफ्नै काकी जीवछीदेवी ठाकुरलाई घरेलु धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउए। 
 
काकीको हत्या गरी भारतमा लुकेर बस्दै आएको ठाकुर गएराति घर आएको थाहा पाउनासाथ आज बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरी ल्याएको हो। रासस 

अन्य समाचारहरु