उमाकान्त पाण्डे/यूएई,(आबुधावी) माघ २४ – सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा एक दिने एसियन खाद्द तथा हस्तकला महोत्सव आज हुँदै छ । खाडी मुलुक यूएईमा रहेका नेपाल सहित १५ एसियन मुलुकका दुतावासको आयोजनामा सो महोत्सव हुन लागेको हो ।
आज शनिबार नेपाली समय अनुसार दिउस सवा एक बजे ( ११ :३० देखी ५:३० बजे स्थानिय समय) देखी सुरु हुने महोत्सवमा नेपालले समेत आफ्नो सहभागीता जनाउदै छ ।
महोत्सवमा एसियन मुलका खाद्य परिकार , तथा हात बाट तयार पारीएका सामाग्रीहरु प्रदशन गरिने नेपाली दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । यूएईको आबुधावीमा रहेको नेपाली दुतावासले आफ्नो वेव साइट मार्फत सूचना जारी गर्दै यूएईमा रहेका सम्पूर्ण नेपालीलाई मेलामा उपस्थित भएर नेपाली पन प्रदशन गर्न आग्रह गरेको छ ।
मध्यपुर्व अन्तर्गत अरबी खाडी मुलुक यूएईमा हुन लागेको खाद्द तथा हस्तकला सम्बन्धी महोत्सवले एसिया मुलका मुलुकको पहिचान बढाउन सहयोग हुने यूएईमा रहेका एसियन मुलुकका दुतावासको भनाइ छ ।
महोत्सव यूएईको आबुधाबीमा रहेको भारतीय दुतावास परिसरमा हुदै छ ।