सिरहाको चोहर्वामा १८ वर्षीया युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरी मृत्यु

लहान – सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा तीन दिनअघि आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरी मृत्यु भएको भनिएको घटनाको अनुसन्धान गर्न माइती पक्षले माग गरेको छ । 
कन्तिपुरमा समाचार छ।  मृतक १८ वर्षीया सरिता सहनीकी भाउजु रुञ्चीदेवी सहनीले नन्दलाई घरायसी विवादमा पटक पटक मानसिक तथा शारीरिक यातना दिने गरेको बताउँदै नियोजित रुपले हत्या गरी मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको रुप दिन खोजिएको आरोप लगाइन् । 
रोजगारीको क्रममा विदेशमा रहेका पति बीरेन्द्र मुखिया (मृतककी दाजु) ले पनि आफूलाई फोनमार्फत् बहिनीको मृत्यु शङ्कास्पद भएकाले प्रहरी जाहेरी हाल्न भनेको रुञ्चीले बताइन् । मृतक सरीताको शव चोहर्वास्थित आफ्नै घरको कोठामाअनुहार र शरीरका केही भाग जलेको अवस्थामा सोमवार विहान भेटिएको थियो । परिवारजनले सरीता आफैले आगो लगाएर आत्महत्या गरेको दावी गर्दै आएको छ ।
यसैबीच मानवअधिकार संरक्षण केन्द्र (सञ्जाल) सिरहाले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाई १८ वर्षीया सरिता सहनीले आत्महत्या गरेको भनिएको घटनाको स्थलगत अध्ययनपछि शङ्कास्पद देखिएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेको छ । 
सञ्जालले वुधवार विज्ञप्ति जारी गर्दै सरिताले आत्महत्या गरेको भनिएको कोठामा कागज जलाइएको खरानी रहेको, कोठाको टा

अन्य समाचारहरु