अमेरिकाको टेक्सासमा खाद्य स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रूपैयाँ अर्थात १० लाख अमेरिकी डलरको चिठ्ठा जितेका छन्। उनको स्टोरबाट बिक्री भएको चिठ्ठा ज्याकपटमा परेपछि उनी पावरबलबाट हकदार बनेका हुन्। चार जनालाई संयुक्त रूपमा परेको ज्याकपटबाट उनको भागमा १० लाख डलर आएको हो।
सेतोपाटीमा समाचार छ। ५ सय ६४ दशमलब १ मिलियन डलरको लागि भएको ड्रमा ११, १३, २५, ३९, ५४ र पावर बल १९ निस्किएको थियो । ३ जना विजेताहरुलाई ५६४.१ अमेरिकी डलरलाई ३ भागमा बिभाजित गरि वितरण गरिनेछ।
यसैबीच नर्थ टेक्सासको टिकटमा बिजेता टिकटका बिक्रेता भने नेपाली हुन्। टेक्सासका चन्द्र शिवाकोटी र कुमार शिवाकोटीले सञ्चालन गरेको नर्थ टेक्सासको प्रिन्सटनस्थित एप्पल ट्री फुडमार्टबाट खरिद गरेको टिकट बिजयी भएको हो।
पावर बलमा बिक्री भएको टिकट बिजयी भएमा बिक्रेताले पनि कमिशन पाउने नियम छ। यही नियम अनुसार नेपालीले सञ्चालन गरेको फुड मार्टले करिब १ मिलियन डलर कमिशनका रुपमा पाउनेछ। आफूले बिक्री गरेको टिकट बिजयी भएर कमिशन पाउने भएपछि चन्द्र शिवाकोटी तथा कुमार शिवाकोटी भने उत्साहित बनेका छन्।
२००७ देखि ब्यवसाय शुरु गरेका शिवाकोटी दाजुभाइ टेक्ससाको मेकनीमा बसोबास गरिरहेका छन् । पहिलो पटक नेपाली व्यवसायीले लट्री टिकट बिक्रि गरेर बिक्रेताको रुपमा १ मिलियन डलर कमिशन पाउन सफल भएको हो। सेतोपाटीमा समाचार छ।