प्रेस चौतारी रुपन्देहीमा अमृत गिरिको नेतृत्व

बुटवल, ६ फागुन ।  प्र्रेस चौतारी नेपाल रुपन्देहीको शाखा अध्यक्षमा  अमृत गिरि निर्विरोध रुपमा चयन भएका छन् । 
मंगलबार भएको  छैठौ अधिवेसनबाट उपाध्यक्षमा लक्ष्मण पौडेल,  सचिवमा  धिरज पौडेल, सह-सचिवमा सीता विके र कोषाध्यक्षमा नरेश केसी चयन भएका छन । 
त्यस्तै सदस्यहरुमा कृष्ण खनाल, माधव भुषाल , प्रकाश आचार्य, विकाश पराजुली, विन्दु थापा, ईन्दिरा खनाल, तुल्सीराम पौडेल, मोहन ठाकुर, राम बहादुर गुरुङ्ग र आशिष सूर्यबंशी सर्वसम्मत रुपमा चयन भएका हुन । मंगलबार राती नै एक कार्यक्रमको आयोजनागरी निवार्चन मण्डलले नयाँ निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई  बधाई ज्ञापन गरेको छ ।
मण्डलका अध्यक्ष मोहन चापाँगाई, एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र  के.सी., प्रेस चौतारी केन्द्र्रीय सचिव गणेश पाण्डे लगायतले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 

अन्य समाचारहरु