बाबू रोका मगर, अर्जुन खनाल
दिल्ली, भारत । भारतको राजधानीमा अवस्थित दिल्ली विश्वविद्यालयमा अन्तरध्वनि द्वारा आयोजित संस्कृतिक कार्यक्रममा विभिन्न देशबाट सबैले आ-आफ्ना कला संस्कृति र भेष- भुषाको प्रर्दशन गरेका थिए ।
(तस्बिर: बाबू रोका मगर, अर्जुन खनाल , अर्घाखाँचीडट्कम, २०७१ फाल्गुन ९, शनिवार)
कार्यक्रममा नेपाल ,भारत, सिरिया,श्रीलंका ,अफ्गानस्थान ,भियतनाम , तिब्बत र रसियाको सहभागीता थियो । नेपालबाट उच्च शिक्षा हासिल गर्न भनी आएका विद्यार्थीहरुले नेपालको स्टल संचालन गरेका थिए ।नेपाली काला संस्कृतिलाई प्रबुद्ध गर्ने हिसाबले दिल्ली विश्वोविद्यालयमा अध्यानरत विद्यार्थीहरुले नेपालमा रहेका विभिन्न पर्याटकिय स्थान,बन्यजन्तु आरक्षण केन्द्र ,मिथिला चित्रकला , मण्डला चित्रकला ,करुवा ,आखिझ्याल ,नेपाली रुपैयाँ ,आदिको फोटो प्रदशन पनि गरेका थिए ।
(तस्बिर: बाबू रोका मगर, अर्जुन खनाल , अर्घाखाँचीडट्कम, २०७१ फाल्गुन ९, शनिवार)
सबै चिजहरुको वारेमा उपस्थित आगन्तुक हरुलाई बताउदै नेपाल सगरमाथा,शान्तिको अग्रदुत गौतम बुद्दको देश भनी चिनाऊदै निकै नै गर्व पूर्ण काम गरेका छन | जसले स्वदेशमा बस्नेहरुले भन्दा पनि बढी प्रदेशमा बस्ने नेपालीहरुले नेपाल लाई माया गर्ने प्रमाणित गरेका छन |
(तस्बिर: बाबू रोका मगर, अर्जुन खनाल , अर्घाखाँचीडट्कम, २०७१ फाल्गुन ९, शनिवार)
स्टलमा करीब ४०-४५ जना बिद्यार्थीहरु सकृय भएर काम गरेका थिए भने उता आफ्नै नेपाली भाषाको लोक भाकामा नृत्य प्रस्तुत गरी दर्शकहरुलाई मनोरन्जन पनि दिएका थिए | हरेक बर्ष ३ दिन सम्म चल्ने यो मेलामा दुई लाख जतीआगन्तुकहरुले अवलोकन गरेको साथै कार्यक्रममा पछील्लो ३ बर्ष देखी नेपालले भाग लिएको र राम्रो प्रसंसा पाइरहको बिद्यार्थी राजदिप र सुर्य ले मिडियालाई बताउनु भएको छ ।
(तस्बिर: बाबू रोका मगर, अर्जुन खनाल , अर्घाखाँचीडट्कम, २०७१ फाल्गुन ९, शनिवार)
कार्यक्रममा खर्चको लागि नेपाल राजदुतावास बाट ३५ हजार सहयोग प्रदान गरेको जानाकारी दिनुभयो । त्यहाँ लगाइएका स्टलहरु मध्य नेपाली स्टलमा धेरै भिडभाड देखिन्थ्यो | उच्च शिक्षा प्राप्तिको लागि आफ्नो देश छोडि पराइमुलुकमा जस्तो सुकै दु:ख हरु भोगे पनि नेपाली र नेपाललाई विश्व सामु चिनाउन को लागि सधैं तत्पर रहेको बिद्यार्थीहरुले बताउनु भयो ।त्यसै माथि कुरा थप्दै राजदिप महतले भन्नु हुन्छ हामीहरु यस्ता कार्यक्रमहरु गरीरहन्छौ तर कुनै पत्रकारहरुको उपस्थिती नहुँदा हाम्रो कार्यक्रम अोझेलमा पर्न गईरहेको र दिल्ली मा रहनु भएका नेपाली पत्रकारहरुले पनि हाम्रो कार्यक्रममा खासै चासो नदिएको भन्दै गुनासो पनि गर्नु भएको थियो ।
(तस्बिर: बाबू रोका मगर, अर्जुन खनाल , अर्घाखाँचीडट्कम, २०७१ फाल्गुन ९, शनिवार)