धनकुटाको पाख्रिबासमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

धनकुटा  । धनकुटाको पाख्रिबासमा ट्रकको ठक्करबाट सोमबार एक बालकको मृत्यु भएको छ ।
हिले भोजपर सडकखन्डअन्तर्गत् पाख्रिवास नगरपालिका वडा नम्बर-९ घोर्लिखर्कमा ट्रकले ठक्कर दिँदा स्थानीय ११ वर्षीय सचिन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यलय पाख्रिबासले नियन्त्रणमा लिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु