जनसंपर्क समिति यूएईले अलऐनमा बिबिध कार्यक्रमका साथ होली मनाउने

– उमाकान्त पाण्डे / यूएई – नेपाली जनसम्पर्क समिति युएइ अन्तर्गत अलऐन क्षेत्रिय समितिले बिबिध कार्यक्रमका साथ आगामी हप्ता होली मनाउने भएको छ । 
नेपाली कांग्रेसको अन्तरास्ट्रिय भात्री सस्था नेपाली जन संपर्क समिति यूएईले सास्कृतिक कार्यक्रमका साथमा दिवा भोज र परम्परागत रूपमा विभिन्न रङ र लोला खेली होली मनाउन लागेको हो । आगामी शुक्रबार ( मार्च ६ )मा अलऐनको सुपर रेस्टुरेन्टमा हुने कार्यक्रमको तयारी पूर्णरुपमा सकिएको क्षेत्रिय समितीका सभापति तथा कार्यक्रम सम्योजक राकेश जयसवालले जानकारी दिनुभयो । 
   
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागुपर्वलाई यूएई परदेशमा रहेका नेपाली बिच एकता र सद्भभावको बिकासका लागि आफुहरुले आयोजना गरेको नेपाली जनसम्पर्क समितिका सभापति चित्र के.सी.ले बताउनु भयो । उहाले 
यूएईमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागीता जनाउन अनुरोध समेत गर्नुभएको छ । 
कार्यक्रममा यूएईका स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती प्रदशन गर्ने आयोजकले जनाएको छ । 
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै स-परिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन ।
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ ।
इटलीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाासको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयां लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गर्ने र विजयीलाई पुरस्कृत गर्ने गरिन्छ ।
यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर,म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नया अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, व्यज्ञ तथा नाचगान गरी यो पर्व मनाउने गरेको पाइन्छ ।