चितवनमा थप दुई जनामा स्वाईनफ्लुको संक्रमण देखा

चितवन – चितवनमा थप दुई जनामा स्वाईनफ्लुको संक्रमण देखा परेको छ । जिल्ला जनस्वाथ्य कार्यालयका अनुसार उपचार गर्न आएका गोरखा र नवलपरासीका २ जनामा इन्फुल्न्जा ए एचवान एनवानको संक्रमण देखा परेको हो । 

बुधवार भरतपुर अस्पतालबाट १४ जना विरामीको घाँटिको र्‍याल परिक्षणका लागि राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो । ती मध्ये २ जना विरामीमा स्वाईनफ्लु देखा परेको जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले बताए । 
यस अघि चितवनका ३ र नवलपरासीका १ जना विरामीमा स्वाईनफ्लु फेला परेको थियो । विरामीको अबस्था सामान्य रहेको चिकित्सकले बताए । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु