पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडकखण्डमा बस र मोटरसाइल एकआपसमा ठोक्किदा दुई जनाको

पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडकखण्डमा सोमबार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। 
 
पहलवानपुर गाविस वडा नम्बर २ घुम्नीभाकलमा विपरित दिशाबाट आएका यात्रुबाहक बस र मोटरसाइल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो। 
 
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार पूर्वबाट पश्चिमतर्फ आईरहेको ना ४ ख ८६३६ नम्बरको यात्रुबाहक बस र पूर्वतर्फ गैरहेको से १ प ७०९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। 
 
दुर्घटनामा मोटरसाइकलका चालक कोटातुल्सीपुर गाविस वडा नम्बर ८ वैदीपुरका वर्ष ५० का बलराम भूल र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २२ का चन्द्र भूलको ज्यान गएको छ। 
 
प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो। बस सहित चालक रामबहादुर ऐरी र मोटरसाइकल पहलवानपुरस्थित अस्थायी प्रहरी पोष्टको नियन्त्रणमा रहेको बताईएको छ। 
 
दुर्घटना पछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको यातायात सेवा अवरुद्ध पारेका छन् । सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु