नुवाकोटको मदानपुरको एउटा गोठमा आगलागी हुँंदा तीन जना बालिकाको जलेर मृत्यु

नुवाकोट । नुवाकोटको मदानपुर गाविसस्थित एउटा गोठमा आगलागी हुँंदा तीन जना बालिकाको जलेर मृत्यु भएको छ ।
आगलागीमा परी मदानपुर गाविस वडा नम्बर ९ पाखुरेका विरेश कुमार लामाका छोरीहरु दुई वर्षिया फुच्ची लामा र ६ वर्षिया रश्वु लामाको मृत्यु भएको हो ।
यस्तै, आगोमा परी गम्भीर घाइते भएकी स्थानीय रविश लामाकी छोरी ५ वर्षिया दिक्षा लामाको उपचारको लागि काठमाणडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
गोठमा खेलिरहेका बेला एक्कासी आगलागी हुँंदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु