अर्जुन खनाल
दिल्ली । राष्ट्रिय स्वाधिनता,समानता र मातृभूमिको संरक्षण तथा सर्वागीण बिकासका लागि युवा सहभागीता भन्ने मूल नारा बोकेको नेपाली देशभक्त युवा समाजले भारतको राजधानी दिल्ली स्थित नेपाली देशभक्त युवा समाजको आठौँ समिति बिस्तार कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।
उक्त समिती भित्र देशको वारेमा गहन छलफल गरी आगामी दिनहरुमा संस्थाले स्वदेश तथा बिदेशमा रहेका नेपाल र नेपालिहरुको हकहितका निमित्त देशभक्त युवा समाजले गर्नु पर्ने कार्यनिती बारे बिशेष छलफल गरेको छ | सो संस्थाका निमित्त अध्यक्ष बाबु रोका मगर, उपाध्यक्ष नन्द प्रसाद घिमिरे र अमर सिंह धामी सचिव बाबुराम बन्जाडे सह-सचिव बिष्णु प्रसाद बन्जाडे,कोषाध्यक्ष गणेश बिक,सल्लाहाकारमा अर्जुन खनाल, दीपेन्द्र कडायत साथै सदस्यहरुमा हरी रोका मगर, भक्तिराम बेल्वासे,बोम बहादुर थापा, पुरण कडायत, बिष्णु प्रसाद गैरे ,निर्मला बन्जाडे, शान्ता खनाल र राधा गैरे हुनुहुन्छ ।
“नेपाली देशभक्त युवा समाज” मुनाफा रहित’नेपाल र नेपालीको हितका निमित्त सकारात्मक सोच र विचारका साथ नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वदेश तथा बिदेशी भूमिमा रहेका नेपाली युवाहरु बिच प्रारम्भिक भेला र छलफल भई परिकल्पना गरिएको सामाजिक संस्था हो । विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढंगबाट स्थापना गर्न खोजिएको छ।
नेपालको आर्थिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, स्वास्थ्य, शैक्षिक, समसामयिक तथा ति सम्बन्धि जनचेतनामुलुक क्रियाकलापहरुमा नविनतम खोज, प्रयोग गरि सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवालालाई सचेत गराउने तथा नेपाललाई आन्तरिक तथा बाहिय हस्तक्षेपबाट मुक्त गर्दै विश्वोमा एक सफल राष्ट्रको रुपमा चिनाउने उद्देश्यले स्थापित यस संस्थाको यो विधान संस्था ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको संस्थापक नारायण ढुंगानाले बताउनु भयो ।