दक्षिणी झापाको चकचकीबाट छ जना बालक एकै चोटि बेपत्ता

दक्षिणी झापाको चकचकीबाट छ जना बालक सोमबार दिउँसोदेखि एकै चोटि बेपत्ता भएका छन् । 
चकचकी-४ का १२ देखि १६ वर्षसम्मका छ बालक बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बेपत्ता हुनेमा चकचकी-४ निवासी १२ वर्षीय नवीन विक, १३ वर्षीय भोला शर्मा, १४ वर्षीय नवीन पाठक, १५ वर्षीय निरज हस्दा र नीरबहादुर पौडेल तथा १६ वर्षीय सुरज हस्दा रहेको जिप्रका झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए। 
उनीहरु स्थानीय जनज्योति निमाविमा अध्ययनरत रहेको बताइएको छ । चकचकी-२ मा रहेको शिवालय मन्दिरमा सोमबारदेखि सुरु भएको साताव्यापी पुराणको कलशयात्रामा उनीहरु सहभागी भएको र घर नफर्केको बताइएको छ। रासस 

अन्य समाचारहरु