धनकुटामा बाबुको किरिया बसेका दिदी-बहिनी एसएलसी परीक्षामा सहभागी

धनकुटा  । धनकुटाको चानुवाको सरस्वती मावि परीक्षा केन्द्रमा बाबुको किरिया बसेका दिदी-बहिनी एसएलसी परीक्षामा सहभागी भएका छन् ।
बाबु डम्बरबहादुर भुजेलको बुधबार मृत्यु भएपछि किरिया बसेका नवीन शिक्षा सदन डाँडागाउँका नियमिततर्फका सुमित्रा र सोभा भुजेलले विहीबार अनिवार्य नेपालीको परीक्षा दिएका हुन् ।
यस्तै, बाबुकै किरिया बसेकी सदरमुकामस्थित त्रिवेणी उच्च माविकी सुनिता मगर पनि एसएलसी परीक्षामा सहभागी भएकी छन् । इमेजखबरमा समाचार छ ।  

अन्य समाचारहरु