शेयर बजार सामान्य अंकले ऋणात्मक

काठमाडौं  । आइतबार शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ३ अंकले ऋणात्मक रहेर ९ सय ६४ मा आएर थामियो ।
शुरुमा सकारात्मक रहेर ४ अंकले उकालो लागेको नेप्से विस्तारै शिथिल हुँदै अन्तिम समयमा तिब्र दरले ओरालो लागेर ऋणात्मक रहेको हो ।
कारोबार भएका मध्ये अधिकांश जसो समूह रातो रहेसंगै नेप्से झरेको हो । बीमा समूहमा सबैभन्दा उच्च ४४ अंकको गिरावट आयो ।
जलविद्युत समूहमा पनि २६ अंकको कमी आयो । अन्य र उत्पादमूलक समूह भने दोहोरो अंकले उकालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ५ लाख १४ हजार बराबर कित्ता शेयर १८ करोड ५० लाख बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।