बाग्लुङ । बाग्लुङको तित्याङ-८ मा छोरीको बन्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।
४० वर्षीया छोरी शर्मिला थापाले बन्चरो प्रहार गरी ८० वर्षीय बाबु पतिराम थापाको हत्या गरेकी हुन् । ७५ वर्षीया आमा जमुना भने गम्भीर घाइते छन् ।
घरायसी विवादका कारण छोरीले बाबु आमालाई बन्चरो प्रहार गरेको बुझिएको छ । अविवाहित शर्मिलाको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । इमेजखबरमा समाचार छ ।