सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु

राजविराज । सप्तरीमा शुक्रबार बिहान चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर डिगबा गाउँ विकास समिति वडा नम्बर-५ का ४० वर्षीय दशरथ मण्डल, सीतापुर-८ का ५० वर्षीय रविलाल खंग र हरिपुर-३ का ८० वर्षीय विलटु चौधरीको मृत्यु भएको हो ।
दशरथ र रविलालको करेसाबारीमा काम गरिरहेको बेला र विलटुको बाटोमा हिँड्दै गरेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु